नेभिगेशन
समाचार

पाटनमा प्रदेशस्तरीय महोत्सवको सुरु,भोलि रेखा जोशी आउने

बैतडी: बैतडीको पाटनमा आजदेखि कृषि पर्यटन कला संस्कृति रोजगार तथा औद्योगिक व्यापार मेला एवं पाटन बैतडी महोत्सव सुरु भएको छ ।

नेपाल च्याम्बर अफ कमर्स बैतडीको आयोजना,पाटन नगरपालिकाको प्रवद्र्धन तथा क्वालिटी स्टील आल्मुनियम एण्ड युपिभीसीको मुख्य प्रायोजनमा महोत्सव सुरु भएको हो ।

श्रीकृष्ण मावि पाटनको मैदानमा सुरु भएको महोत्सवको आज एक कार्यक्रमकाबीच उद्घाटन गरिएको च्याम्बर अफ कमर्स बैतडीका अध्यक्ष हरिस प्रशाद जोशीले जानकारी दिनुभयो ।

उद्घाटन समारोहमा पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावल, प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय,पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहरालगायतको उपस्थिती रहेको थियो ।

उद्घाटन समारोहपश्चात कलाकार मनोजसिंह धामी,गुणाकर पनेरुलगायतले प्रस्तुती राखेका थिए ।

भोलि लोक देउडा कलाकार रेखा जोशी,रेश विसी र स्थानीय कलाकारको प्रस्तुती रहनेछ ।

आजदेखि सुरु भएको प्रदेशस्तरीय महोत्सव वैशाख १० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

महोत्सवमा स्थानीय कृषि उत्पादनलाई जोड दिने र स्थानीय कलाकारहरुलाई प्रोत्साहन गरिने च्याम्बरका अध्यक्ष जोशीले बताउनुभयो ।

सञ्चालन हुने महोत्सवमा राष्ट्रिय देखि स्थानीय स्तरका कलाकारहरुको बेजोड प्रस्तुति रहने र यसले पर्यटन प्रबद्र्धन र संस्कृती क्षेत्रमा टेवा पुर्याउने आयोजकको दाबी छ ।

स्थानीय व्यापारमा वृद्धि गर्ने उद्देश्य रहेको बताउदै जोशीले आफ्नो उत्पादनको प्रदर्शनी तथा विक्रीवतरण गर्न सक्ने जानकारी दिनुभयो ।

महोत्सव अवलोकनका लागि सर्वसाधारणलाई १०० रुपैंया र विद्यार्थीलाई ३० प्रतिशत छुट राखिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

पत्रकार पवन अवस्थी एक कुशल लेखक हुन्, जो त्रीनेत्र खबर मा विभिन्न विधाहरूमा आफ्नो कलम चलाउँछन्। उनले राजनीतिक, सामाजिक, आर्थिक, र सांस्कृतिक लगायतका थुप्रै विषयहरूमा गहन अध्ययन र विश्लेषण गरी लेखन गर्छन्।